
काठमाडौं : इटहरी उपमहानगरपालिकाले ७ वटा निर्माण कम्पनी तथा फर्मलाई स्पष्टीकरण सोधेको छ । उपमहानगरले आइतबार एक सूचना प्रकाशित गर्दै विभिन्न समयमा ठेक्का लगाएका निर्माण कार्यहरू समयमै सम्पन्न नगरेका कारण ७ वटा निर्माण कम्पनी तथा फर्मलाई स्पष्टीकरण सोधेको हो ।
सूचनामा विभिन्न समयमा ठेक्का सम्झौता भएका तर निर्माण कार्य सम्पन्न नभएका योजनाहरूको हकमा सम्बन्धित कम्पनीहरूलाई स्पष्टीकरण पेस गर्न १५ दिनको समय दिइएको छ ।
यस अवधिभित्र स्पष्टीकरण पेस नगरेमा वा पेस गरे पनि चित्तबुझ्दो नभएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ ।
स्पष्टीकरण सोधिएका कम्पनीहरूमा गिरि कन्स्ट्रक्सन प्रालि (हात्तीवन, ललितपुर), अनु निर्माण सेवा (भोजपुर), श्री अंकित कन्स्ट्रक्सन (सिरहा-९), प्रेरा पूर्णचण्डी गिरी जेभी (हात्तीवन, ललितपुर), एम.के. कन्स्ट्रक्सन (लहान-९, सिरहा), भैरब-नारायणम जे.भी. (नेपालगञ्ज, बाँके), आर.वन. कन्स्ट्रक्सन (इटहरी-१०, सुनसरी) रहेका छन् ।