२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

निर्वाचनको सम्भावना छैन : ओली

shivam cement
२०८२ पुष १० गते १४:२३
Shares
निर्वाचनको सम्भावना छैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनको कुनै सम्भावना नरहेको बताएका छन् । पार्टीको ११औं महाधिवेशनका स्वयंमसेवकहरूलाई धन्यावाद ज्ञापन गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले नेताहरूमाथि प्रतिबन्ध, अखबारबाजी, सामाजिक सञ्जालबाट दुस्प्रचर र मिडिया ट्रायल गरेर समाजमा त्रासको वातावरण सिर्जना गरेको आरोप लगाए । उनले प्रधानमन्त्रीसहित राष्ट्रपतिसँगको छलफलमा आफूले एमाले निर्वाचन विरोधी नभई प्रतिगमन विरोधी भएको कुरा राखेको समेत खुलाए ।

अध्यक्ष ओलीले निर्वाचनका लागि वातावरण नबनेका कारण आफूहरू विघटित संसद् पुनर्स्थापनाको मुद्दामा अडिग रहेको समेत जिकिर गरे । उनले पछिल्लो समय जेनजी काममा समाजमा भय र त्रास सिर्जना गर्ने काम गरिएको समेत टिप्पणी गरे । 

अध्यक्ष ओलीले जेनजीका नाममा नवयुवाहरूको नाम बेचेर केही छट्टु टाठाबाठाहरूले खाइरहेको टिप्पणीसमेत गरे ।

सम्बन्धित खबर