२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

उर्जामन्त्री कुलमानसँग छलफल गर्ने तयारीमा रवि–बालेन

shivam cement
२०८२ पुष १० गते १४:५७
Shares
उर्जामन्त्री कुलमानसँग छलफल गर्ने तयारीमा रवि–बालेन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच ललितपुरमा भेटवार्ता भइरहेको छ । बालेनका सहयोगी कुमार व्यञ्जनकारको निवासमा दुई जनाबीच एक्लाएक्लै छलफल चलिरहेको हो । 

यसअघि बालेनसँग भेट्न हामी नेपालका संस्थापक सुदन गुरुङ पनि त्यहाँ पुगेका थिए । उनले रवि, बालेन र उर्जामन्त्री कुलमान घिसिङबीच थप छलफल हुने बताएका छन् । 

यसअघि कमलपोखरीमा दुवैबीच ६ घण्टा लामो भेट भए पनि ठोस प्रस्ताव नआएको भन्दै बालेनले अन्य नेतासँग छलफल अघि बढाएका थिए । 

बालेन लौरो चुनाव चिन्हबाट राजनीति अघि बढाउने तयारीमा छन् । बिहीबारको छलफलले दुवै मिलेर अघि बढ्ने वा छुट्टाछुट्टै बाटो रोज्ने भन्ने टुंगो लाग्ने बताइएको छ ।

सम्बन्धित खबर