
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच पुनः भेटवार्ता हुने भएको छ ।
उनीहरूबीच बिहीबार साँझ पुनः भेटवार्ता हुने रास्वपाका नेता राजीव खत्रीले बताए । उनका अनुसार वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न पुनः भेटवार्ता हुनेछ ।
केहीबेर अघि ललितपुरस्थित मेयर बालेनका निकटस्थ कुमार बेनको निवासमा भेटवार्ता भएको थियो । वार्ता सकिएलगत्तै रविले सञ्चारकर्मीसँग संक्षिप्त संवाद गर्दै समयले सबै बताउने बताएका थिए ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ दल, समुह र केही व्यक्ती एकै ठाउँमा आउने प्रयास गरिरहेका छन् ।