
काठमाडौं : त्रिमुल नेपाल पार्टीले उपत्यकाव्यापी बृहत् भेला सम्पन्न भएको छ । भेलाले राकेश श्रेष्ठको संयोजकत्वमा १५ कार्यसमिति सदस्य गठन गरेको छ ।
सहसंयोजकमा रमेश दाहाललाई चयन गरिएको छ । त्यस्तै सदस्यहरूमा मिलन दाहाल, राजकुमार तामाङ, ध्रुव किराती, वसन्त तामाङ, विराज श्रेष्ठ, नरेन्द्र महर्जन, नारायण कार्की, गोकुल भण्डारी, रमेश तामाङ, देवी भण्डारी, उमेश अधिकारी, देवराज डाँगी, दिनेश प्रसाद अधिकारी लगाएतलाई सदस्यमा चयन गरिएको छ ।
त्रिमुल नेपालका संगठन ब्यूरो प्रमुख मदन महर्जनको अध्यक्षतामा भएको भेलामा पार्टीका केन्द्रीय सदस्य रामबहादुर थापाले देशमा देखिएका समस्या समाधान गर्नको लागि त्रिमुल पार्टी पछि नहटने बताएका छन् ।
बाह्य हस्तक्षपका कारण देशमा संकट आउन थालेको उनले बताएका थिए । पार्टीका केन्द्रीय सदस्य रिता कुमारी मानुसी, सचिम सिंह, चित्र बहादुर गुरुङ, लगाएतले सम्बोधन गरेका थिए ।