२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

गुल्मी समाज कतारको आकस्मिक कोष सहयोगार्थ सञ्चालित चिट्ठाको नतिजा सार्वजनिक

shivam cement
तिलु शर्मा पौडेल
२०८२ पुष ११ गते १५:१५
Shares
गुल्मी समाज कतारको आकस्मिक कोष सहयोगार्थ सञ्चालित चिट्ठाको नतिजा सार्वजनिक

दोहा, कतार : गुल्मी सेवा समाजले समाजको आकस्मिक कोष सहयोगार्थ सञ्चालन गरेको चिट्ठा कार्यक्रमको नतिजा कुल ५६२ वटा चिट्ठा बाकसमा खनाउँदै एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

कार्यक्रममा सहजकर्ता तथा समाजका सचिव कुमार राहादि मगरले समाजका कार्यसमितिभित्र रहेका कसैले पनि आफ्नो नाममा चिट्ठा नकाटेको र काटेको भए पनि कसैले पुरस्कार नपाउने र पुन: कुपन तानिने उद्भोष गरेका थिए ।

शुक्रबार बिहान सार्वजनिक गरिएको नतिजाअनुसार पहिलो पुरस्कार 'ल्यापटप' चिट्ठा नम्बर ०९७८ केदार दोहालाई परेको छ । त्यस्तै द्वितीय पुरस्कार मोबाइल चिट्ठा नम्बर ०२५७ ले जित्दा तृतीय पुरस्कार जेबिएलको स्पिकर चिट्ठा नम्बर ०७३९ ले जिते । चौथो पुरस्कार २ जनालाई ओयर फ्लायर चिट्ठा नम्बर ०४५३ र ११०५ लाई परेको छ । सान्त्वना पुरस्कार अन्तर्गत पाँच जनालाई स्मार्ट घडी चिट्ठा नम्बर क्रमशः ०००१, ०८२४, ०३५६, ००११ र ००७४ ले जितेका छन् । 

बडा दशैं तथा दीपावलीलाई लक्षित गर्दै सञ्चालन गरिएको चिट्ठा कार्यक्रम विविध कारणवश ढिला हुन पुगेको कार्यक्रममा आयोजकले जानकारी दिएको छ । कार्यक्रम समाजका अध्यक्ष मित्र बिएसको सभाध्यक्षता तथा समाजका प्रमुख संरक्षक बुद्ध पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पाण्डेले कम्तीमा समाजभित्रका पदाधिकारीहरूले आफ्नो नाममा टिकट नकाट्दा यसले आयोजकले आफैंलाई पुरस्कार पार्छन् भन्ने भ्रम समाजमा चिरेको धारणा राखे ।  

समाजका वरिष्ठ उपाध्यक्ष सुरज बोहराले स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष बिएसले चिट्ठा काटेर सहयोग गर्ने कतारका संघसंस्था तथा व्यक्तित्वहरूलाई आभार व्यक्त गरे । उनले पुरस्कार एक उपहार रहेको हुँदा उपहारै सम्झेर ग्रहण गर्न अनुरोध गरे । कार्यक्रममा कतारमा स्थापित सीमित, संघ संस्थाहरूका प्रमुख, प्रतिनिधि, व्यवसायी तथा बौद्धिक व्यक्तित्वहरूको उपस्थितिसहित शुभकामना मन्तव्य रहेको थियो ।

सम्बन्धित खबर