२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

प्रधानमन्त्री कार्की र तीन दलका शीर्ष नेताबीच शनिबार छलफल हुने 

shivam cement
२०८२ पुष ११ गते १५:३५
Shares
प्रधानमन्त्री कार्की र तीन दलका शीर्ष नेताबीच शनिबार छलफल हुने 

काठमाडौं : तीन ठूला दलका शीर्ष नेताहरूसँग प्रधानमन्त्री सुशीला कार्कीले छलफल गर्दै छिन् । कार्कीले कांग्रेस, एमाले र नेकपाका शीर्षहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए । 

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफलका लागि शीर्ष नेताहरूलाई बोलाइएको रावलले बताए । शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले छलफल गरेका थिए । छलफलमा उनले आगामी छलफलमा सहभागी हुन निम्तो दिएका छन् । 

प्रधानमन्त्री र तीन ठूूला दलका शीर्ष नेताहरूबीच शनिबार छलफल हुनेछ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री कार्की समेतको सहभागितामा प्रमुख तीन दलका शीर्ष नेताहरूसँग शीतलनिवासमा छलफल भइसकेको छ ।

सम्बन्धित खबर