
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी एकताका लागि ६०/४० का आधारमा भागबन्डाको प्रस्ताव गरेको छ । प्रस्तावअनुसार रास्वपाले ४० प्रतिशत, बालेन शाह र कुलमान घिसिङलाई २५/२५ प्रतिशत तथा १० प्रतिशत जेनजीलाई दिने उल्लेख छ ।
भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई अघि सार्न सभापति रवि लामिछाने सकारात्मक देखिएका छन् । तीन पक्षबीच सहमतिका लागि शुक्रबार बेलुका निर्णायक छलफल हुने बताइएको छ ।
तर बालेन पक्षले शक्ति सन्तुलनबारे अझ स्पष्ट प्रस्ताव आवश्यक रहेको बताएको छ । उता कुलमान घिसिङले भने एकताको विषयमा आफूलाई कुनै जानकारी नभएको दाबी गरेका छन् ।