
काठमाडौं : सरकारका प्रवक्ता तथा सूचना, सञ्चार एवं प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
खरेलका अनुसार भेटमा निर्वाचनको वातावरण तयार पार्ने विषयमा छलफल भएको छ । देउवाले कांग्रेसको प्राथमिकता संसद् पुनर्स्थापना होइन, निर्वाचन भएको बताएका छन् ।
ओलीले निर्वाचन सुरक्षामा जोड दिँदै निर्भय वातावरण आवश्यक रहेको बताएका छन् भने एमाले निर्वाचनबाटै फ्रेस म्यान्डेटमा जाने पक्षमा रहेको स्पष्ट पारेका छन् । प्रचण्डले निर्वाचनको विकल्प नभएको र फागुन २१ मै हुनुपर्ने बताएका छन् ।
खरेलले प्रधानमन्त्री सुशीला कार्कीले पनि राजनीतिक भेटवार्ता तीव्र बनाएको र सरकार चुनाव गराउन कटिबद्ध रहेको जानकारी दिए ।