२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना

shivam cement
२०८२ पुष ११ गते १६:३८
Shares
निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ ।

निर्वाचनका गतिविधिबारे जानकारी दिन तथा सञ्चारमाध्यमहरुसँग पारस्परिक सम्बन्ध स्थापित गर्न आयोगले शुक्रबारदेखि आयोगमै कार्यालय खडा गरी मिडिया सेन्टर सञ्चालनमा ल्याएको हो ।

आयोगमा पत्रकार सम्मेलन गर्दै निर्वाचनसम्बन्धी सूचनाहरु एकीकृत रुपमा प्रवाह गर्नको लागि मिडिया सेन्टरको स्थापना गरिएको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मिडिया सेन्टरमार्फत निर्वाचनसम्बन्धी आधिकारिक सूचना प्रवाह, पत्रकार सम्मेलन आयोजना तथा सञ्चारमाध्यमलाई सत्यतथ्य समाचार उपलब्ध उपलब्ध गराउन सेन्टरको स्थापना गरिएको बताए ।

उनले सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट र भ्रामक सूचनालाई ध्यानमा राख्दै त्यसको सत्यतथ्य पहिचान गर्ने, सरोकारवाला निकायसँग समन्वय गर्ने र सकारात्मक सूचना प्रवाह सुनिश्चित गर्ने लक्ष्सहित सूचना सदाचार प्रवर्धन केन्द्र स्थापना गरिएको पनि बताए ।  उनले यसपटक आयोगले सामाजिक सञ्जालहरुसँग समेत सहकार्य गर्ने लक्ष्य लिएको बताए । 

उनले निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सबै प्रकारको कार्यहरु तीव्र गतिमा गरिरहेको समेत बताए । उनले निर्वाचनको वातावरण बनाउन आयोगले सरकार, दल र सुरक्षा निकायहरुसँग समेत निरन्तर संवादमा रहेको जानकारी दिए ।

सम्बन्धित खबर