२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

विशेष महाधिवेशन पक्षले बुझायो कांग्रेस कार्यवहाक सभापति खड्कालाई स्मरणपत्र 

shivam cement
२०८२ पुष ११ गते १६:५४
Shares
विशेष महाधिवेशन पक्षले बुझायो कांग्रेस कार्यवहाक सभापति खड्कालाई स्मरणपत्र 

काठमाडौं : नेपाली कांग्रेसमा विशेष महाधिवेशन आह्वानको दबाब तीव्र बनेको छ । पार्टीका २ हजार ४ सय ८८ जना (५४.५८ प्रतिशत) महाधिवेशन प्रतिनिधिले विधानअनुसार विशेष महाधिवेशन बोलाउन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरणपत्र बुझाएका छन् । 

विधानले तोकेको समयसीमाभित्र १५औं महाधिवेशन सम्पन्न नभएकाले धारा १७(२) बमोजिम विशेष महाधिवेशन अनिवार्य रूपमा आह्वान गर्नुपर्ने उनीहरूको माग छ । प्रतिनिधिहरूले तीन महिनाभित्र, अर्थात् २०८२ पौष २८ भित्रै विशेष महाधिवेशन सम्पन्न गर्नुपर्ने स्पष्ट गरेका छन् ।

स्मरणपत्रमा पार्टीलाई सुदृढ, गतिशील र जनभावनाअनुरूप पुनर्निर्माणका लागि तत्काल निर्णय आवश्यक रहेको उल्लेख छ । विशेष महाधिवेशनको मिति र स्थान तोकी प्रक्रिया अघि बढाउन प्रतिनिधिहरूले जोडदार माग गरेका छन् ।

सम्बन्धित खबर