२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

वीरगञ्ज महानगरपालिका उपप्रमुख आलमद्वारा विकास निर्माण कार्यको अनुगमन

shivam cement
महमद सदाब
२०८२ पुष १२ गते १७:४०
Shares
वीरगञ्ज महानगरपालिका उपप्रमुख आलमद्वारा विकास निर्माण कार्यको अनुगमन

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इस्तियाज आलमले वडा नम्बर–३१ स्थित बेलवामा सञ्चालित विकास निर्माण कार्यको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले सडक ढलान तथा रामजानकी मन्दिरको पर्खाल निर्माण कार्यको निरीक्षण गरेका हुन् । 

केही महिनाअघि रामजानकी मन्दिर व्यवस्थापन समितिले पर्खाल निर्माणका लागि उपप्रमुख आलमसमक्ष प्रस्ताव पेस गरेपछि सो कार्य सम्पन्न गरिने प्रतिबद्धता जनाइएको थियो । हाल पर्खाल निर्माण पूरा भएपछि स्थानीय बासिन्दाहरू खुसी भएका छन् । 

यसै अवसरमा रामजानकी मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा उपप्रमुख आलम प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उनले जनताको साथ र सहयोगमै विकास सम्भव हुने उल्लेख गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको भावना अझ सुदृढ बनाउन महानगरपालिका प्रतिबद्ध रहेको बताए ।

‘हामी सधैं जनताको साथमा छौं । आपसी एकता, भाइचारा र धार्मिक सहिष्णुताको संरक्षण गर्दै रामजानकी मन्दिरलाई सक्दो सहयोग गर्न तयार छौं,’ उपप्रमुख आलमले भने । 

कार्यक्रमको सभापतित्व मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोखन दासले गरेका थिए भने नेपाली कांग्रेस क्षेत्र नम्बर–२ का सचिव हरि यादव विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर–३१ का वडाध्यक्ष जितेन्द्र यादव, हैदर अन्सारी, शेख अमरुल हसनलगायत स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर