२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

सिमलताल पहिरोले बगाएको बस डेढ वर्षपछि त्रिशुली किनारमा भेटियो

shivam cement
२०८२ पुष २९ गते १८:०३
Shares
 सिमलताल पहिरोले बगाएको बस डेढ वर्षपछि त्रिशुली किनारमा भेटियो

काठमाडौं : पुस २९ गते त्रिशुली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नाम लेखिएको गाडी फेला परेको छ । तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिकै त्रिशुली नदीको किनारमा पुरिएको अवस्थामा सो गाडीको पाट्र्सपुर्जा फेला परेको थियो । 

पाट्र्सपुर्जा देखिएको सो गाडी खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानु तनहुँबाट खटिएका सुरक्षा फौजले उक्त नाम लेखिएको गाडी फेला पारेको हो ।

काठमाडौबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स २०८१ असार २८ गते बिहान पहिरोले पुरिएर चितवनको सिमलतालस्थित त्रिशुली नदिमा बेपत्ता भएका थिए । 

गणपति डिलक्समा सवार ३१ जनामध्ये ३ जनाले हाम फालेर ज्यान जोगाएका थिए भने २८ जना बेपत्ता भएका थिए । सो मध्ये १४ जनाको शव फेला परेको थियो । अन्य हालसम्म बेपत्ता छन् ।

सम्बन्धित खबर