
रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका कार्यालय प्रमुखको जिम्मेवारी पवन कुमार केशरीले सम्हालेका छन् । देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रूपमा पवन कुमार केशरी मंगलबार हाजिर भइ कार्यालयको जिम्मेवारी सम्हालेका हुन् ।
कार्यालय प्रमुखको रूपमा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत केशरीलाई देवाही गोनाही नगरपालिकाका जनप्रतिनिधिहरूले भव्य स्वागत गरेका छन् ।
नगरपालिकाको सभाहलमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नगर प्रमुख प्रेम लाल साह, उपप्रमुख प्रनिया देवी पटेल, सबै वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरूले पवन कुमार केशरीलाई टिका, माला र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।
नगर प्रमुख प्रेम लाल साहले प्रमुख प्रशासकीय अधिकृत केशरीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
हाजिर भएसँगै पवन कुमार केशरीले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । उनले सबै जनप्रतिनिधि, कर्मचारी र अन्य पक्षलाई समेटेर नगरको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा देवाही गोनाही नगरपालिकाका सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।