२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

कांग्रेस विशेष महाधिवेशन: उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु

shivam cement
२०८२ पुष ३० गते १०:५६
Shares
कांग्रेस विशेष महाधिवेशन: उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु

काठमाडौँ  : नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारको मनोनयन पत्र दर्ता प्रक्रिया सुरु भएको छ ।

मंगलबार बन्द सत्र सकिएपछि सुरु भएको निर्वाचन प्रक्रिया आज बिहानसम्मका लागि स्थगित भएको थियो । बिहानदेखि फेरि निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।

विशेष महाधिवेशन र संस्थापन पक्षबीच रातभर भएका वार्ता असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन् । तर, वार्ता अहिले पनि जारी रहेको छ । 

निर्वाचन समितिले निर्वाचन कार्यपालिका परिवर्तन गर्दै प्रक्रिया अघि बढाएको हो । सुरुमा उल्लेख गरेको तालिका अनुसार मनोनयन दर्ताको समय मंगलबार नै सकिएको थियो । त्यसलाई परिमार्जन गरी बिहानदेखि पुनः मनोनयन दर्ताको काम सुरु गरिएको छ ।

सम्बन्धित खबर