
दोहा कतार : लुम्बिनी प्रदेश समन्वय परिषद्, कतार र मातहतका जिल्ला संस्थाहरूको आयोजनामा दोस्रो बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
परिषद् स्थापनाको आठौँ वार्षिकोत्सवको अवसरमा नेपाली रक्तदाता संघ,कतारसँगको समन्वयमा आयोजित कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् ।
शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रम मध्यान्हसम्म चलेको थियो । रगत अभावका कारण प्रवासमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरिएको परिषद्का अध्यक्ष साजन लौडारीले बताए ।
रक्तदाताहरूलाई समाजले सम्मान पत्रले सम्मान गरेको थियो । रक्तदान जस्तो पुण्यको कार्यमा उल्लेख्य उपस्थित जनाउनु हुने तथा दाताहरूलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूसहित सयौं नेपालीहरूको उपस्थिति रहेको थियो ।