२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

नेप्से परिसूचक ३१ अंकले बढ्यो

shivam cement
२०८२ माघ ४ गते १६:१८
Shares
नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौं : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १२ अंकले बढेर दुई हजार ६७२ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो ।

आज ३३८ कम्पनीको एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ९५ हजार ४४५ पटक खरिद बिक्री हुँदा रु आठ अर्ब ४० करोड २७ लाख ९७ हजार ७७५ दशमलव ५९ को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूहको उपसूचक पाँच दशमलव ७३ प्रतिशतले बढेको छ ।

सागर डिस्टिलरी लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड र गुर्खाज फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आठ दशमलव ७८ प्रतिशतले घटेको छ ।

सम्बन्धित खबर