२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

ब्लड डोनर्स अफ अमेरिका न्यूयोर्क च्याप्टरको अध्यक्षमा आचार्य

shivam cement
२०८२ माघ ५ गते २२:१९
Shares
ब्लड डोनर्स अफ अमेरिका न्यूयोर्क च्याप्टरको अध्यक्षमा आचार्य

न्यूयोर्क, अमेरिका : नेपाली समुदायभित्र रक्तदानको महत्वबारे सामुदायिक चेतना अभिवृद्धि गरी रक्तदाताको संख्या वृद्धि गर्ने उद्देश्यसहित ब्लड डोनर्स अफ अमेरिका, न्यूयोर्क च्याप्टरको औपचारिक गठन भएको छ । 

गत ११ जनवरी २०२६ को दिन गठन भएको सो च्याप्टरको कार्यसमितिको अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन् । न्यूयोर्क नेपाली समुदायका नियमित रक्तदाता समेत रहेका आचार्यको नेतृत्वमा गठित कार्यसमितिको कार्यकारी उपाध्यक्षमा बेगम पंडित, उपाध्यक्षमा शंकर पौडेल, छिरिङ शेर्पा, र शान्ती जिरेल रहेका  छन् भने महासचिवमा  रश्मी श्रेष्ठलाई चयन गरिएको छ । 

समितिको सचिवमा राजु तामाङ र कोषाध्यक्षमा कमला श्रेष्ठ चयन भएका छन् । च्याप्टरको कार्यकारी सदस्यमा टक रुवाली, बिष्णु राना मगर, चन्द्र नेपाली, बिक्की पुलामी, बुद्ध पौडेल, भिम न्यौपाने, नरेन्द्र सुवेदी र केदार कट्टेललाई चयन गरिएको छ । नेपाली ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय समितिका अध्यक्ष महेश्वर  पन्त र उपाध्यक्ष विरोचन नेपालको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा विभिन्न समुदायका अगुवा, स्वयंसेवक तथा समर्थकहरूको उपस्थिति रहेको थियो । संस्थाको मुख्य उद्देश्य अमेरिकामा रहेका नेपाली रक्तदाताहरूको सुचीलाई संगठित गर्नु, रक्तदानको महत्वबारे सचेतना फैलाउनु तथा मानवीय सेवामा समुदायलाई थप प्रोत्साहित गर्नु रहेको छ ।

कार्यक्रममा बोल्दै नेपाली ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय अध्यक्ष महेश्वर पन्तले स्वेच्छिक रक्तदाताको निरन्तर आवश्यकतामाथि जोड दिए । उनले आपतकालीन अवस्थामा संगठित समुदायिक प्रयासको भूमिका महत्वपूर्ण हुने बताए । 

यस्तै न्युयोर्क च्याप्टरका अध्यक्ष आचार्यले ब्लड डोनर्स अफ अमेरिका, न्यूयोर्कले भरपर्दो रक्तदाता सञ्जाल निर्माण गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा अस्पताल र रक्त बैंकहरूसँग सहकार्य गर्दै रगतको आवश्यक परेका बिरामीहरूलाई सहयोग गर्ने लक्ष्य लिएको उल्लेख गरे । 

बैठकमा कार्यकारी उपाध्यक्ष 

बेगम पण्डितले नेपाली डायस्पोराभित्र एकता र सेवाभावको अभिवृद्धि गर्दै समुदायमा रक्तदान अभियानमा सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गरे । 

उनले एक थोपा रगतले पनि जीवन बचाउन सक्ने तथ्यलाई समाजमा फैलाउनुपर्नेमा जोड दिए । कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरूले संस्थाको महान उद्देश्य हासिल गर्न आगामी दिनमा रक्तदाता दर्ता अभियान, सचेतनामूलक कार्यक्रम तथा आपतकालीन सहयोग समन्वयमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपाली ब्लड डोनर्स अफ अमेरिका, न्यूयोर्कको गठनले अमेरिकी नेपाली समुदायमा स्वास्थ्य उपचारमा रक्तदानलाई ब्यापक बनाऊदै समुदायमा मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ गर्दै आपसी एकता र सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर