
दोहा, कतार : क्षत्री समाज नेपाल, कतार शाखाले वनभोज तथा स्नेह मिलन कार्यक्रमको आयोजना गर्ने भएको छ । समाजले शुक्रबार वक्रा बिचमा कतारलाई कर्मथलो बनाएर बस्दै आएका सम्पूर्ण क्षत्री समुदायलाई एकीकृत गराउने उद्देश्यका साथ वनभोज तथा स्नेह मिलन कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ ।
कार्यक्रममा कतारमा रहेका नेपाली कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन् भने मनोरञ्जनका लागि विभिन्न खेलहरू खेलाइने समाजका सचिव शिवलाल केसीले जानकारी दिए । दिउँसो १२:१० बजेदेखि सुरु हुने कार्यक्रमको तयारी पुरा भएको बताउँदै केसीले कार्यक्रममा कतारमा स्थापित वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक, साहित्यिक, संघ संस्थाहरूका प्रमुख, प्रतिनिधिहरूसहित समाजका अग्रज तथा बुद्धिजीवीहरूलाई समयमै उपस्थितिका लागि अनुरोध गरेका छन् । समाज “राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता” भन्ने मूल नारासहित कतारमा सन् २०१० मा स्थापना भएको हो ।