२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

संटकमा जुध्न सक्ने बन्न अध्यक्ष नेपालको सुझाव

ADV
लेखनाथ सिकारु
२०८१ साउन १५ गते २२:४१
संटकमा जुध्न सक्ने बन्न अध्यक्ष नेपालको सुझाव

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एसईई पास भएका विद्यार्थीहरूलाई संटकमा जुध्न सक्ने बन्न सुझाव दिएका छन् । 

अनेरास्ववियू जिल्ला कमिटी काठमाडौंले आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, ‘किताब पढेजस्तो गर्ने, बाआमा नभएको बेलामा मोबाइल चलाएर बस्ने गर्नु भएन । बाआमालाई ठग्ने काम गर्नु हुँदैन । राम्रोसँग पढ्नुपर्छ । परिवार संटकमा छ भने त्यो संटकको साथी बन्नुपर्छ । आमा बुबाले हामीलाई जन्माउनु भयो । हुर्काउनुभयो । आज बाआमालाई पर्दा हामीले साथ दिनुपर्छ भन्ने भावना हुनुपर्छ । बाआमालाई परेको संटकको साथी बन्नुपर्छ ।’ 

उनले थपे, ‘बाआमाको गुन र गुरूहरूले देखाएको बाटोलाई कहिल्यै भुल्नु हुँदैन। बा आमा र गुरूलाई सम्मान गर्न कहिल्यै नछोड्नुहोस् । तपाईंलाई जति ज्ञान दिएका छन्, त्यो ज्ञान गुरूले नै दिएका हुन् । कहिल्यै घमण्ड नगर्नुहोस् । घमण्डको घैटो फुट्यो भन्ने आफैलाई हानि गर्छ । त्यसो हुनाले विनम्र बन्नुहोस् । जति जान्ने भएपनि, जति पढेपनि, जति सफलता प्राप्त गरेपनि घमण्डको घोडामा सयर गर्नुहुन्न । आफूले मान्नुपर्ने मान्छेलाई सम्मान गर्नुहोस् र आफूभन्दा सानालाई माया गर्नुहोस् ।’ 

अध्यक्ष नेपालले पाठ्यक्रममा देशभक्तिको पाठ्यक्रम हुनुपर्ने भन्दै भने, ‘संसारको जुनै कुनामा पुगेपनि म त नेपाली हुँ भन्ने भावना जागृति गरोस् । देशको माया गरोस् । यस्तो खालेको देशभक्तिपूर्ण पाठ्यक्रम निर्माण गर्नुपर्छ ।’  

उनले पाठ्यक्रमले देशभक्ति, इतिहास र गौरव गाथाको बारेमा समेट्नुपर्ने बताए । 

संस्कार बानी व्यहोरा र आचरणले जीवन यापनमा समेत सहयोग मिल्ने भन्दै अध्यक्ष नेपालले परिवार र देशले गौरवबोध गर्ने अवस्था सृजना गर्न आग्रह गरे ।

कार्यक्रममा अनेरास्ववियूका पूर्व अध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी) का पूर्व सचिव राजेन्द्र राई, अनेरावियूका महासचिव महेश श्रेष्ठ, नेताहरू यशु लामा, कल्याण दहाललगायतको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise