२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब नाघ्यो

shivam cement
२०८२ माघ १२ गते १६:५६
Shares
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब नाघ्यो

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घट्दा कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ ।

आज नेप्से परिसूचक तीन दशमलव ०७ अङ्कले घटेर दुई हजार ७६९ दशमलव ०९ को बिन्दुमा कायम भएको हो । आज ३३२ कम्पनीको तीन करोड ६२ लाख ६४ हजार ८७४ कित्ता शेयर एक लाख ३७ हजार ६७६ पटक खरिद–बिक्री हुँदा रु १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ३६६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा जलविद्युत्, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डको उपसूचक बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । आज पाँचवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  

सम्बन्धित खबर