२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

निर्वाचन व्यवस्थापनका लागि बजेट स्वीकृति, ६ अर्ब ३६ करोड रुपैयाँ निकासा

shivam cement
२०८२ माघ १६ गते १२:५२
Shares
निर्वाचन व्यवस्थापनका लागि बजेट स्वीकृति, ६ अर्ब ३६ करोड रुपैयाँ निकासा

काठमाडौँ : अर्थ मन्त्रालयले आगामी निर्वाचन सञ्चालनसँग सम्बन्धित तयारीका लागि विभिन्न निकायलाई बजेट स्रोत सुनिश्चित गरेको जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको छ, जसअन्तर्गत हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको छ ।

निर्वाचन आयोगका लागि २१ फागुनमा तोकिएको निर्वाचनको व्यवस्थापन खर्च जुटाउन १८ कात्तिकमा ४ अर्ब ९६ करोड रुपैयाँको स्रोत सहमति दिइएको थियो । त्यसपछि २० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार रुपैयाँ बराबरको सहमति उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ । यसरी आयोगका लागि स्वीकृत कुल स्रोत सहमति ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

मन्त्रालयका अनुसार निर्वाचन आयोगलाई १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ निकासा गरिएको थियो । हालसम्म आयोगले कुल ६ अर्ब ३१ करोड रुपैयाँ प्राप्त गरिसकेको तथ्यांकमा उल्लेख छ ।

निर्वाचन सुरक्षासँग सम्बन्धित निकायहरूलाई पनि आवश्यक बजेट स्वीकृत गरिएको छ। राष्ट्रिय अनुसन्धान विभागका लागि १३ कात्तिकमा २ करोड ८० लाख रुपैयाँको स्रोत सहमति प्रदान गरिएको थियो । यस्तै, नेपाली सेनालाई उपकरण खरिदका लागि २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको सहमति दिइएको छ ।

गृह मन्त्रालय तथा मातहतका कार्यालयहरूका लागि १० अर्ब ३९ करोड रुपैयाँ बराबरको स्रोत सहमति स्वीकृत भएको अर्थ मन्त्रालयले जनाएको छ । साथै, २० पुसमा नेपाली सेनालाई थप १ अर्ब ९४ करोड रुपैयाँको स्रोत सहमति उपलब्ध गराइएको जानकारी दिइएको छ ।

सम्बन्धित खबर