
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगम लिमिटेडले भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गर्दै शनिबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।
निगमले नयाँ मूल्यसूची अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि भएको जनाएको छ । तर, आन्तरिक हवाई इन्धनको मूल्य भने निगमले आन्तरिक उडानतर्फ प्रति लिटर १ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानमा प्रति किलोलिटर ७ रुपैयाँले घटेको निगमले जनाएको छ ।
ग्यासको मूल्य ४५ रुपैयाँले बढेर आए पनि हाललाई यथावत् राखिएको पनि निगमले एक सूचनामार्फत जनाएको छ । पेट्रोलको मूल्य यथावत् राखिएको छ ।