२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

प्रवासी भुजेल समाज कतारको नेतृत्वमा सन्तोष सर्वसम्मत चयन

shivam cement
तिलु शर्मा पौडेल
२०८२ माघ १७ गते २१:३४
Shares
प्रवासी भुजेल समाज कतारको नेतृत्वमा सन्तोष सर्वसम्मत चयन

दोहा कतार : कतारमा रहेका भुजेल समुदायको साझा संस्था प्रवासी भुजेल समाज कतारले आठौं महाधिवेशन खुल्ला र बन्द गरी दुई चरणमा सम्पन्न भएको छ ।

शुक्रबार सनैयाको प्लाजा मलमा अवस्थित जिम्बु थकाली रेस्टुरेन्टको सभा हलमा सम्पन्न महाधिवेशनमार्फत सन्तोष भुजेल(कास्की) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्ष दुर्गा भुजेल (गोरखा), प्रथम उपाध्यक्ष श्रीमान् जी सी भुजेल (लमजुङ), दित्तीय उपाध्यक्ष गीता भुजेल (धादिङ), महिला उपाध्यक्ष शर्मिला भुजेल (सिन्धुली), महासचिव नयन भुजेल (सर्लाही), सचीवद्धय शारदा भुजेल र मोहन कुमार भुजेल (झापा), कोषाध्यक्ष विष्णु भुजेल (स्याङ्जा), सह–कोषाध्यक्ष  चन्द्र बहादुर भुजेल (धादिङ), लेखा समिति संयोजक रोज बहादुर भुजेल (सिन्धुली) र सदस्यमा कुसुम भुजेल (स्याङ्जा) रहेका छन् ।

त्यस्तै कार्यसमितिका सदस्यहरू चित्रबहादुर जी.सी. भुजेल (कास्की), देवी भुजेल (मोरङ), कुमारी भुजेल (झापा), देवबहादुर भुजेल र चित्र भुजेल (स्याङ्जा) सविता भुजेल (धादिङ) रहेका छन् । सर्वसम्मत चयन भएको कार्यसमितिलाई निर्वाचन समितिका संयोजक नियम भुजेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । 

शपथ ग्रहण लगत्तै मध्यान्हसँग छोटो प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष भुजेलले आफू लामो समयादेखि समाजमा सक्रिय रहेको हुँदा आफ्ना अनुभवसहित सबैको साथ सपोर्ट लिएर समाजलाई नयाँ उचाइ दिन कोसिस गर्ने बताए ।

महाधिवेशनको खुल्ला सत्र समाजका अध्यक्ष विकास भुजेलको सभाध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

महाधिवेशनमा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि श्रेष्ठले समाजभित्र कार्यसम्पादन गर्दा राजनीतिलाई ढोका बाहिर राख्नु पर्ने बताए । उनले आफ्नो समुदायको भेसभुसा संस्कार संस्कृतिलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै प्रवासको भूमिमा भुजेल समाजले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक संघसंस्था, वैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधि, विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, सामाजिक अभियन्ता, कलाकारको साथै मिडियाकर्मी पत्रकारहरू लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्ने वक्ताहरूले कतारको नेपाली समाजको विकसित र विकृतिका रूपमा रहेका केही घटना माथि आफ्ना धारणा राखेका थिए । 

वक्ताहरूले समाजसेवा खादा र फेसबुकमा फोटो राख्ने कार्यमा सीमित भएको प्रति दुःख व्यक्त गर्दै समाजसेवा चुपचाप गरिने मन शुद्धीको भएको हुँदा वास्तविक समाजसेवा खादा मालामा नरहेको बताएका थिए  । कार्यक्रममा आफ्ना धारणा राख्ने वक्ताहरूले भुजेलको इतिहास र वर्तमान सम्मको अवस्थाका बारेमा चर्चा गरेका थिए ।

कतारमा रहेका दुई वटा एनसीसी हुँदा परेको अप्ठ्यारोप्रति वक्ताहरूले जिज्ञासा सहितको असहजता प्रकट गरेका थिए । वक्ताहरूको अप्ठ्यारोलाई नजिकबाट सुनेका गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतारका अध्यक्ष पदम गिरीले एनआरएनएमा केन्द्रमै ‘फर्गेट यास्टर्डे’भन्दै एकताको महाधिवेशन हुन लागेको र कतारमा पनि छिट्टै एकता हुने विश्वास व्यक्त गरे । 

गिरिले आफूले नेतृत्व गरेको एनआरएनए सिस्टमलाई फ्लो गरेको श्रमिकको एनसीसी रहेको बताउँदै अबको केही हप्तामा एक एनसीसी हुने बताए ।

कतारमा भुजेल समाजको स्थापना तथा वर्तमान अवस्थाका बारेमा समाजका संरक्षक शिव भुजेलले प्रकाश पारेका थिए ।

वरिष्ठ उपाध्यक्ष सन्तोष भुजेलले स्वागत मन्तव्य राखेको खुल्ला सत्रको सहजीकरण महासचिव दुर्गा भुजेलले गरेका थिए । आदिवासी जनजाति महासंघमा आबद्ध सहित विभिन्न संघसंस्थाहरुलाई २०२४÷२६ कार्यकालमा भुजेल समाजले सञ्चालन गरेका विभिन्न गतिविधिहरूमा प्रत्यक्ष साथ सहयोग र सदभाव कायम गरी संस्थालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोप्रति कदर गर्दै सम्मान गरिएको थियो भने समाजका संस्थापक सदस्य सन्तोष खवासलाई मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

महाधिवेशनको खुल्ला सत्रको समापन गर्दै सभाध्यक्ष भुजेलले आफूले समाजमा आवद्ध हुँदा ताकाको पलहरू स्मरण गर्दै सभामा आफ्ना अनुभव सुनाए ।

समाज २०१० देखिनै एक मात्र संस्था रहेको र यो सदैव एक भएर रहने बताउँदै भुजेलहरूको संख्या न्यून देखिए पनि आर्थिक उन्नति र शिक्षामा अगाडि बढ्ने सक्ने हो भने इतिहास कोरिने बताए । 

आफ्नो भाषा भेषभुषा संस्कृति र समाजको श्रीवृद्धिका लागि आफू लागिरहने प्रतिबद्धता व्यक्त गरेका थिए । विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुति दिएको कार्यक्रममा विष्णु भुजेलले कविता र नयन भुजेलले मुक्तक वाचन गरेका थिए ।

सम्बन्धित खबर