२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

shivam cement
२०८२ माघ १९ गते ११:५०
Shares
तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ४०० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज चाँदीको मोल पनि घटेको छ । आइतबार प्रतितोला पाँच हजार ५०० मा कारोबार भएको चाँदी आज पाँच हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यही माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । महासंघका अनुसार उक्त दिन सुनको मोल प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो । सुनको मूल्य तोलामा तीन दिनमा ५२ हजार ७०० रुपैयाँले घटेको हो ।

सम्बन्धित खबर