२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

नेप्से परिसूचकमा झिनो अंकको सुधार

Nada
२०८२ माघ १९ गते १६:११
Shares
नेप्से परिसूचकमा झिनो अंकको सुधार

काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ५३ अंकले बढेर दुई हजार ६९५ दशमलव  ७३ बिन्दुमा कायम भएको छ ।

ncell

आज विभिन्न ३३० कम्पनीका एक करोड ७५ लाख सात हजार ७७६ कित्ता शेयर ९१ हजार ६१ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ बराबरको कारोबार भएको छ ।

विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । साथै एसवाइ प्यानल नेपाल लिमिटेड, श्रीनगर एग्रोटेक इन्ड्रस्टिज लिमिटेड र हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रू ४१ करोड ४९ लाख ९९ हजार ६६२ बराबरको १२ लाख ५२ हजार ६६९ कित्ता शेयर किनबेच भएको छ ।

ताजा खबर

सम्बन्धित खबर