२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

इराकी सुरक्षाबलको कारबाहीमा सात जना आतंककारी मारिए

shivam cement
२०८२ माघ २४ गते १४:२५
Shares
इराकी सुरक्षाबलको कारबाहीमा सात जना आतंककारी मारिए

काठमाडौंः इराकी सुरक्षाबलले दुईवटा छुट्टाछुट्टै कारबाहीका क्रममा सात जना आतंककारी मारिएको जनाएको छ। सुरक्षा अधिकारीहरूले शुक्रबार उक्त जानकारी दिएका हुन्। सुरक्षा सञ्चार प्रकोष्ठले जारी गरेको विज्ञप्तिअनुसार उत्तरी नाइनवे प्रान्तको पश्चिमी मरुभूमि क्षेत्रमा रहेका दुईवटा लुकेका अड्डामाथि इराकी लडाकु विमानमार्फत हवाई आक्रमण गरिएको थियो। ती अड्डामा चार जना आतंककारी लुकेर बसेका थिए।

सैन्य गुप्तचर निर्देशनालयले केही दिनसम्म गरेको निगरानीपछि आक्रमण गरिएको जनाइएको छ। आक्रमणका क्रममा चारै जना आतंककारी मारिनुका साथै उनीहरूले प्रयोग गर्दै आएका दुवै अड्डा पूर्ण रूपमा ध्वस्त पारिएको छ। अड्डामा रहेका रसद सामग्री, उपकरण तथा हातहतियारसमेत नष्ट गरिएको सुरक्षा निकायले जनाएको छ।

यसैबीच, पश्चिमी अनबार प्रान्तमा पनि अर्को कारबाही गरिएको छ। इराकी राष्ट्रिय सुरक्षा सेवाका अनुसार सुरक्षाबलले एक आतंककारी अड्डालाई घेराबन्दीमा पारेका थिए। सो अड्डामा अनबार क्षेत्रको तथाकथित सुरक्षा प्रमुखसहित उनका दुई सहयोगी लुकेर बसेका थिए।

घेराबन्दीका क्रममा ती आतंककारीहरूले आफूलाई विस्फोट गराएर आत्मघाती हमला गरेका थिए, जसका कारण उनीहरू मारिएका छन्।इराकले सन् दुई हजार सत्रमा आतंककारी संगठनमाथि विजय घोषणा गरे पनि त्यस समूहका बाँकी तत्वहरूले अझै पनि विभिन्न शहर, मरुभूमि र दुर्गम क्षेत्रमा सुरक्षाबल तथा सर्वसाधारणमाथि आक्रमण गर्दै आएको सुरक्षा निकायले जनाएको छ। एजेन्सी 

सम्बन्धित खबर