मध्यान्ह संवाददाता
काठमाडौं, २३ वैशाख । उत्कृष्ट सिर्जना मार्फत नेपाली संगीतमा सक्रिय सर्जक र कलाकारहरुको सहकार्यमा तयार पारिएको ‘कौवा करायो’बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिहीबार ‘टिका दाहाल म्युजिकमार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो । ज्योतिषशास्त्रका अनुसार कौवालाई पूर्व सूचना दिने पंक्षीका साथै एक सन्देश वाहकपंक्षी मानिन्छ ।
आजपनि नेपाली समाजमा आँगनको डिलमा कराउने कौवालाई राम्रो वा नराम्रो सन्देश लिएर आउने सन्देश बाहकको रुपमा हेर्ने चलन त्यति पुरानो भैसकेको छैन । यो गीतको शिर्षक हेर्दा लाग्छ यो गीत निकै पुरानो थिमको गीत हो । हुन पनि हो, यो गीत हाम्रा हजुर आमाहरुको पालाको गीत नै हो । कुनै बेला नेपाली समाज आजको जस्तो अवस्थामा पक्कै थिएन । एक व्यक्तिले अर्काेलाई सन्देश पठाउन चिठी लेख्नुपर्ने हुन्थ्यो । गाउँमा एकाध मानिसहरु मात्रै चिठी लेख्न सहयोग गर्थे ।
‘कौवा करायो’बोलको यस गीतमा युवा पुस्ताकी प्रतिभा शाली गायिका सुरक्षा सेन्चुरीको सुमधुर स्वर रहेको छ । यस गीतलाई चर्चित गीतकार रमेश दाहालले लेखेका हुन् भने अस्ट्रेलियामा रहेका लोकप्रिय संगीतकार टिका दाहालले संगीतबद्ध गरेका हुन् । गीतमा सन्देश परियारको संगीत संयोजन रहेको छ । भिडियोको कथामा विकाश लामिछाने र सन्ध्या बुढा ‘काउली बुढी’ नवविवाहित दम्पति पात्रका रुपमा देखाइएको छ ।
नेपाली समाजमा भर्खर बिहे गरेर युवाहरु लाहुरे हुइकिने चलन सामान्य नै हो । नवदुलही छोडेर बाहिर जाने युवामनमा उसको पीडा त छदै छ । यताघरमा बसेर बाटो कुर्ने जीवन संगीनीको पनि आफ्नै प्रकारको मनोवेग हुने गर्छ । एक प्रकारको छटपटी वा पर्खाइको पिडा हुनेगर्छ । विभिन्न प्रकारका कुरा काट्ने र शंका उपशंका गर्नेहरु प्रशस्तै हुन्छन् । यस्तो अवस्थामा आँगनको डिलमा कौवा कराउँदा वा चिठी लिएर आउने हुलाकी देख्दा मनमा आशा वा कुनै अनिष्ट पो परेको खवर आउने हो कि भन्ने त्राशमनमा हुन्छ नै ।
संचारको सुविधान भएको हाम्रो समाजमै केहि वर्ष अघिसम्म निकै गम्भीर प्रकारका खबर वा घटना अनविज्ञ रहने वाखबरै नपाइने हुने गथ्र्याे । हजुर आमाले नातिनीलाई आफ्नो समयमाकसरि सन्देशहरु प्राप्त गरिन्थ्यो भन्ने कुरालाई रोचक ढंगबाट भिडियोमा प्रस्तुत गरिएको छ ।
भिडियोमा बुद्ध थापाको छायांकन र दिनसनशाहको सम्पादन रहेको छ । केशब राजभट्टको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो । आफ्नो यो प्रयास दर्शक स्रोतालाई मनपर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies