२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

साउदीको जेद्दामा श्रमिक सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम हुने

स्वास्थ्य परीक्षण र राहदानी सेवा पनि उपलब्ध गराइने

shivam cement
अन्जान गुभाजु
२०८२ माघ २५ गते १२:०४
Shares
साउदीको जेद्दामा श्रमिक सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम हुने

जेद्दा : साउदी अरबको जेद्दामा कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गरी आगामी फेब्रुअरी १३ तारिख शुक्रबार बृहत् श्रमिक सचेतना, वित्तीय साक्षरता तथा स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।

नेपाली महावाणिज्यदूतावास, जेद्दाको आयोजना तथा गैरआवासीय नेपाली संघ (एनआरएनए), क्षेत्रीय समन्वय समिति जेद्दाको सहआयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो । जेद्दाको अल–खूम्रा क्षेत्रमा आयोजना हुने यस कार्यक्रमले विशेष गरी सो क्षेत्र र आसपासमा कार्यरत नेपाली श्रमिकहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्य राखेको छ ।

कार्यक्रममा श्रमिकहरूलाई उनीहरूको कानुनी अधिकार, सुरक्षित रोजगारीका उपाय, वित्तीय व्यवस्थापन, बचत तथा लगानीका विविध पक्षबारे विज्ञहरूद्वारा जानकारी प्रदान गरिनेछ । यसका साथै, कार्यक्रमस्थलमै श्रमिकहरूको स्वास्थ्य परीक्षण र राहदानी (पासपोर्ट) नवीकरणसम्बन्धी महत्त्वपूर्ण सेवाहरू समेत उपलब्ध गराइने आयोजकले जनाएका छन् ।

प्रवासमा रहेका नेपालीहरूलाई आफ्नै कार्यस्थल नजिकै प्रशासनिक र सचेतनामूलक सेवा पुर्‍याउने यो अभियानले विशेष अर्थ राख्ने विश्वास लिइएको छ । आयोजक संस्थाहरूले अल-खूम्रा र यस आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा उपस्थित भई सेवा तथा जानकारीबाट अधिकतम लाभ लिन आह्वान गरेका छन् ।

सम्बन्धित खबर