२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

३२ दलले पाएनन् ५ बढी उम्मेदवार

Nada
मुकुन्द लामिछाने
२०८२ माघ २६ गते ०६:३०
Shares
३२ दलले पाएनन् ५ बढी उम्मेदवार

काठमाडौं : २१ फागुनको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ६८ वटा राजनीतिक दल प्रत्यक्षतर्फ प्रतिस्पर्धामा छन् । उनीहरूमध्ये यस्ता दल पनि जसले प्रत्यक्षतर्फ एक सिटमा मात्रै उम्मेदवारी दिएका छन् ।

ncell

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा १ सय १० जना समानुपातिकतर्फबाट निर्वाचित हुन्छन् भने प्रत्यक्ष निर्वाचनबाट १ सय ६५ जना निर्वाचित हुन्छन् । 

निर्वाचन आयोगका अनुसार १ सय ६५ मध्ये पाँचवटा निर्वाचनसम्म मात्रै उम्मेदवारी दिने दलको संख्या ३२ रहेको छ । एउटा सिटमा मात्रै उम्मेदवारी दिने दल नौवटा छन् । राष्ट्रिय साझा पार्टी, राष्ट्रिय सद्भावना पार्टी, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल मातृभूमि पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी), देशभक्त समाज, गान्धीवादी पार्टी नेपाल र इतिहासिक जनता पार्टीले एक/एकवटा निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवार खडा गरेका छन् । 

तीनवटा दलले दुई सिटमा उम्मेदवारी दिएका छन् । स्वाभिमान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाली जनश्रमदान संस्कृति पार्टीले दुई/दुई सिटमा उम्मेदवारी दिएका हुन् । 

तीन सिटमा उम्मेदवारी दिने दलको संख्या १० रहेको छ । 

समावेशी समाजवादी पार्टी नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल, युनाइटेड नेपाल डिमोक्रेटिक पार्टी, बहुजन शक्ति पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, नेपाल जनता संरक्षण पार्टी, नागरिक सर्वोच्चता पार्टी नेपाल, त्रिमूल नेपाल र गतिशील लोकतान्त्रिक पार्टीले तीन/तीन सिटमा मात्रै उम्मेदवारी दिएका हुन् । 

गतिशील लोकतान्त्रिक पार्टी पार्टीका संस्थापक वीरेन्द्रबहादुर बस्नेत हुन् भने अध्यक्षमा समाजशास्त्री दिनेश प्रसाईं छन् । वीरेन्द्रबहादुर बस्नेत बुद्ध एयरका सञ्चालक हुन् । 

निर्वाचन आयोगको विवरणअनुसार पाँचवटा पार्टीले चार सिटमा मात्रै उम्मेदवारी दिएका छन् । 

राष्ट्रिय जनमत पार्टी, पिपुल फर्स्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), जनादेश पार्टी नेपाल र जनता लोकतान्त्रिक पार्टी नेपालले चार सिटमा मात्रै उम्मेदवारी दिएका हुन् ।

पाँचवटा राजनीतिक दलले पाँचवटा मात्रै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । समावेशी समाजवादी पार्टी, राष्ट्रिय एकता दल, नेपाली जनता दल, नेपाल लोकतान्त्रिक पार्टी र नागरिक उन्मुक्ति पार्टीले पाँच÷पाँच सिटमा उम्मेदवारी दिएका हुन् । 

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यही माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन भएको हो । उनले भनेका छन्, ‘१ सय ६५ निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल र स्वतन्त्र उम्मेदवार रहेका छन् ।’ 

उम्मेदवारी दर्ता हुँदा ३ हजार चार ८७ जनाको मनोनयन दर्ता भएको थियो । दाबी विरोध र फिर्तापछि हाल ३ हजार ४ सय ६ जनाको उम्मेदवारी कायम भएको छ । यसमा ६८ वटा दलमध्ये पाँच सिटसम्म मात्रै उम्मेदवारी दिने दलको संख्या ३२ रहेको हो । 

ताजा खबर

सम्बन्धित खबर