
काठमाडौँ : नसालु पदार्थ खुवाएर सर्वसाधारणलाई बेहोस बनाई नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले विभिन्न मितिमा पक्राउ गरेका चारै जनामाथि अनुसन्धान सकेर अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालय काभ्रेमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका-९ घर भई बनेपा नगरपालिका-५ बस्ने ५० वर्षीया संगीता तामाङ (कार्की) र धुलिखेल नगरपालिका-१ बस्ने ३८ वर्षीय विरध्वज तामाङ छन् । उनीहरूमाथि लुटपाटमा प्रत्यक्ष संलग्न रहेको आरोप छ ।
त्यस्तै, लुटपाट गरिएका सुनका गरगहना खरिद गरेको आरोपमा दोलखाको बिगु गाउँपालिका-४ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४ बस्ने ४६ वर्षीय नवराज घिमिरे विक र नमोबुद्ध नगरपालिका-१ घर भई बनेपा नगरपालिका-७ बस्ने ३२ वर्षीय प्रविन सुनुवार पक्राउ परेका छन् ।