२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

बंगलादेशमा मतदान जारी

shivam cement
२०८२ माघ २९ गते १२:३७
Shares
बंगलादेशमा मतदान जारी

काठमाडौँ : पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्यूत भएपछि पहिलो पटक बांङ्लादेशमा निर्वाचन हुँदै छ । नयाँ सरकार गठनका लागि सुरु भएको मतदान अपराह्न साढे ४ बजेसम्म जारी रहने छ ।

बीबीसीका अनुसार १२ करोडभन्दा बढी बांङ्लादेशी नागरिक मतदानमा भाग लिँदै छन् । सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताबाट हटाएका थियो ।

हसिना देश छोडेर भागेपछि बांङ्लादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

आन्दोलनका क्रममा झण्डै १४ सय प्रदर्शनकारीहरूको मृत्यु भएको थियो । गत नोभेम्बरमा बंगलादेशको एक अदालतले मानवताविरूद्धको अपराध मामिलामा पूर्वप्रधनमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

उनको पार्टी अवामी लिगमाथि निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको छ । निर्वाचनमा बांङ्लादेश नेशनलिस्ट पार्टी र इस्लामी दल जमात-ए-इस्लामीबीच प्रतिस्पर्धा छ ।

जमात-ए-इस्लामीले विद्यार्थी आन्दोलनबाट उदाएको एक पार्टीसँग गठबन्धन गरेको छ ।

सम्बन्धित खबर