२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

मोना कतारले गर्‍यो वरिष्ठ सदस्य घतानेको बिदाइ

shivam cement
तिलु शर्मा पौडेल
२०८२ माघ २९ गते १५:११
Shares
मोना कतारले गर्‍यो वरिष्ठ सदस्य घतानेको बिदाइ

दोहा, कतार : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले २०२५/२७ कार्यसमितिकी वरिष्ठ सदस्य सिर्जना घतानेलाई संस्थागत बिदाइ गरेको छ । करिब आधा दशक लामो कतारको बसाइ बिट मारेर नेपाल फर्किन लागेकी घतानेलाई एक कार्यक्रमका बीच दोसल्ला ओढाएर बिदाइ गरिएको हो ।

वैदेशिक रोजगारीको क्रममा कतारमा रहँदा केही वर्ष पहिलेमात्र मोना कतारमा आबद्ध रहेर सामाजिक कार्यमा सक्रिय रहेकी घतानेले मोना कतारसँग प्रत्यक्ष जोडिएर थप सामाजिक कार्यहरू गर्ने मन हुँदा हुँदै विविध कारणले कतार बसाइलाई टुंग्याउनु परेको बताइन् । उनले कतारमा मोना आफ्नो परिवार बनेको बताउँदै आफू जहाँ रहे पनि परिवारसँग जोडिरहने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा संघका अध्यक्ष बाबुराम भण्डारीको सभाध्यक्षता तथा म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समितिका कोषाध्यक्ष नरेन्द्र फगामीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम बोल्दै प्रमुख अतिथि फगामीले भविष्यमा जुन देशमा जहाँ पुगे पनि कतारमा आर्जेको सामाजिक प्रतिष्ठाको ख्याल गर्न आग्रह गरेका थिए ।

संघका विभिन्न व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्दै घतानेलाई सुखमय जीवनको कामना गर्दै शुभकामना दिएका थिए । वरिष्ठ उपाध्यक्ष देवी कँडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष भण्डारीले अनुशासित चेलीलाई बिदाइ गर्नु पर्दा असहज लागे पनि मातृभूमिको बसाइ र उज्ज्वल भविष्यका लागी शुभकामना दिएका थिए । कार्यक्रमलाई महासचिव शिव खड्काले सहजीकरण गरेका थिए । घताने बुधबार राति नै नेपाल फर्किएकी छन् । 

सम्बन्धित खबर