२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

जेलेनस्कीद्वारा युद्ध समाप्त गर्न रूसमा थप अमेरिकी दबाबको आह्वान

shivam cement
२०८२ माघ २९ गते १५:५९
Shares
जेलेनस्कीद्वारा युद्ध समाप्त गर्न रूसमा थप अमेरिकी दबाबको आह्वान

काठमाडौंः युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकालाई युद्ध समाप्त गर्न रूसमा थप दबाब दिन आह्वान गरेका छन् । यद्दपी आगामी हप्ता अमेरिकी मध्यस्थता हुने शान्ति वार्तामा मस्कोले भाग लिने वा नलिने भन्ने कुरा हालसम्म स्पष्ट छैन ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेन बैठकमा भाग लिन तयार रहेको पुष्टि गर्दै गत महिनामा दुई चरणको त्रिपक्षीय वार्ता पछि सफलता हासिल गर्न नसकेको जिकिर गरेका छन् । यसको जिम्मेवार युक्रेन मात्र नभई अमेरिका पनि भएकाले आगामी वार्ता सफल बनाउन रूस माथि दबाब दिनु पर्ने बताए ।

यस अघि नै राष्ट्रपति जेलेन्स्कीले अमेरिका जुनसम्ममा रूस र पुक्रेनको बीचको चार वर्ष लामो युद्ध समाप्त गर्न चाहेका बताए । रूसी विदेश मन्त्री सेर्गेया लाभ्रोभले युक्रेनी सङ्कटको समाधानका लागि वार्ता अझै जारी रहेको तर धेरै समन्वयहरु गर्न बाँकी रहेको उल्लेख गरे । एजेन्सी 
 

सम्बन्धित खबर