२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

इजिप्टको नयाँ रक्षामन्त्रीमा जनरल असरफ सालेम जाहेर नियुक्त

shivam cement
२०८२ फागुन १ गते ११:३२
Shares
इजिप्टको नयाँ रक्षामन्त्रीमा जनरल असरफ सालेम जाहेर नियुक्त

काठमाडौंः इजिप्टको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मन्त्रिपरिषद् पुनर्गठनको एक हिस्साको रूपमा जनरल असरफ सालेम जाहेरलाई नयाँ रक्षामन्त्री नियुक्त गरिएको छ ।

इजिप्टियन मिलिटरी एकेडेमीका कमान्डेन्ट रहेका जाहेरले जनरल अब्देल मजिद साक्रको स्थान लिएका छन् । जो सन् २०२४ जुलाईदेखि सो पदमा कार्यरत थिए । यस पुनर्गठनलाई मंगलवार संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सको आपतकालीन साधारण सत्रले अनुमोदन गरेको थियो ।

यद्यपि जाहेरको नियुक्ति त्यस समयमा घोषणा गरिएको थिएन । राष्ट्रपति अब्देल फत्ताह अल–सिसीले बुधवार २३ सदस्यीय मन्त्रिपरिषद्का सदस्यहरूको शपथ ग्रहण समारोहको अवलोकन गरे । सन् २०१८ मा पदभार ग्रहण गरेका मुस्तफा मदबुली नै प्रधानमन्त्रीको रूपमा यथावत रहेका छन् । यस पुनर्गठनमा सूचना राज्य मन्त्रालय र लगानी मन्त्रालयको सिर्जना गरिएको छ ।

त्यस्तै, परराष्ट्र मन्त्रालयमा अन्तर्राष्ट्रिय सहयोगको जिम्मेवारी थप गरी यसको नाम परराष्ट्र, अन्तर्राष्ट्रिय सहयोग र इजिप्टियन प्रवासी मन्त्रालय राखिएको छ । अन्य मुख्य नियुक्तिहरूमा हुसेन इसा आर्थिक मामिलाका लागि उपप्रधानमन्त्री, मेजर जनरल सलाह सोलिमान सैन्य उत्पादन राज्यमन्त्री र विश्व बैंकका वरिष्ठ अर्थशास्त्री अहमद रुस्तम योजना मन्त्रीका रूपमा नियुक्त भएका छन् ।  

ताजा खबर

सम्बन्धित खबर