२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

दुई मुक्तक

shivam cement
रिता गिरी ‘रेनुका’
२०८२ फागुन २ गते ०६:०५
Shares
दुई मुक्तक

१.
नमिठो लाग्छ चौरासी व्यञ्जन अघाएपछि 
हुन्जेल कदर हुँदैन, महसुस हुन्छ गुमाएपछि 
अचम्म मान्छेको व्यवहार, लत्याउँछन् ज्युँदैमा 
झुकाएर शिर, खुट्टा ढोग्छन् चित्तामा चढाएपछि ।

२.
मेटिएपछि तिर्खा कुवाको जल बिर्सन्छन्
दुःख पर्दा फैलाएको आँचल बिर्सन्छन्
चढेपछि एउटा खुड्किलो सफलताको
मान्छे आफूले टेकेको धरातल बिर्सिन्छन् ।

ताजा खबर

सम्बन्धित खबर