२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

चुनावका लागि सर्वोच्चद्वारा बाटो खुला

shivam cement
मुकुन्द लामिछाने
२०८२ फागुन १० गते ०६:२०
Shares
चुनावका लागि सर्वोच्चद्वारा बाटो खुला

काठमाडौं : २१ फागुनको निर्वाचनलाई लिएर कतिपयले शंका गर्न छाडेका छैनन् । यसका पछाडि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा बिचाराधीन रहेको भनेर देखाउने एउटा अवस्था थियो । यस्तो अवस्था वा आशंका चिर्ने गरी सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा तारेख तोकिदिएको छ । 

सर्वोच्च अदालतले फागुन २१ गतेको निर्वाचनको भोलिपल्ट अर्थात्, फागुन २२ गतेलाई साधारण तारेख दिएको हो । यो सँगै अदालतबाट प्रतिनिधिसभा पुर्नस्थापना हुने र २१ फागुनको निर्वाचन नहुन सक्ने आशंका चिरिएको छ । 

२७ भदौमा प्रतिनिधिसभा विघटन भएको थियो । केही समयपछि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पर्‍यो । गत कात्तिक १२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले १६ वटा रिट निवेदनमाथि सुनुवाइ गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । लिखित जवाफ पेश भएपछि सर्वोच्च अदालतले फागुन २२ गतेका लागि साधारण तारेख तोकिएको हो । 

गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । त्यसक्रममा तत्कालीन नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । अन्तरिम सरकारको सिफारिसमा २७ भदौमै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरे र २१ फागुनका लागि निर्वाचन मिति तोके । 

प्रतिनिधिसभा विघटनपछि त्यसको वि।रोध गर्दै नेकपा एमालेका निवर्तमान सांसद र नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले फरक–फरक रिट दायर गरेका थिए । उनीहरुले दायर गरेको रिटमा लिखित जवाफ मागेर अदालतले प्रक्रिया अगाडि थियो । सबै रिटमा विपक्षी बनाइएकाहरुबाट लिखित जवाफ पेश भएको छ । त्यसपछि विपक्षी बनाइएकाहरुबाट लिखित जवाफ पेश भएपछि सर्वोच्च अदालतले साधरण तारेख दिएको हो । प्रारम्भिक सुनुवाइ मात्र गरेको अदालतले थप सुनुवाइ कहिले गर्ने तय गरेको छैन । 

मतदानको दिन आउन केही दिन बाँकी छ । राजनीतिक दलहरू चुनावी प्रचारप्रसारमा रहेका छन् । यो बेला समेत आशंका कतिपयले गरिरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिटको साधारण तारेख फागुन २२ गतेलाई तोकेको हो ।

गत १३ र १४ पुसमा दलहरूले समानुपातिकतर्फ उम्मेदवारी दर्ता गरेका थिए । गत ६ माघमा प्रत्यक्षतर्फ उम्मेदवारले दर्ता गरेका थिए । यही फागुन ४ गतेदेखि चुनावी प्रचारप्रसारको समय सुरु भएको हो । निर्वाचन आयोगका अनुसार यही फागुन १८ गतेसम्म प्रचारप्रसारको समय छ । त्यसपछि मौन अवधि सुरु हुनेछ । फागुन २१ गते बिहान ७ बजेदेखि नै मतदानको समय तय भएको छ । 

सम्बन्धित खबर