२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

धार्मिक तथा ऐतिहासिक सुर्मादेवी बिरीजात मेला शुरू 

ADV
शिवजी मण्डेल
२०८१ साउन २१ गते ०९:०७
धार्मिक तथा ऐतिहासिक सुर्मादेवी बिरीजात मेला शुरू 

बझाङ : भगवतीका सोह्र शक्तिरुपहरूमध्ये एक सुर्मादेवीको धार्मिक तथा ऐतिहासिक धरोहरको पर्व सुर्मादेवी बिरीजात मेला शुरु भएको छ । प्रत्येक वर्ष सुदूरपश्चिमको बझाङ र दार्चुलामा लाग्ने धार्मिक तथा ऐतिहासिक सुर्मा देवी बिरिजात मेला आइतबारदेखि शुरु भएको हो । 

लामोसमयसम्म सुर्मा भगवतीको पूजाआराधना गरिने सुर्मादेवी बिरीजात मेला साउन महिनाको औंसीबाट शुरु भएर पूर्णिमासम्म चल्ने गर्दछ । सुर्मादेवी बिरीजात मेलाको समयमा लामो समयसम्म सुर्मा देवी भगवती माताको पूजा आराधना गर्ने परम्परा रहेको छबिस पाथिभेरा गाउँपालिका ७ का स्थानीय तथा शिक्षक कलक बहादुर मण्डेलले बताए । 

पौराणिक कथाअनुसार थलीजिउँलामा महालिंग भगवान् बस्थे उनका जेठी दुर्गादेवी र कान्छी सुर्मादेवी दुईवटै बहिनी श्रीमतीहरू थिए । एक समय महालिंग भगवान्लाई कुष्ठरोग लागेपछि रोग निको पार्न लसुन पिसेर लगाउने सल्लाह हुँदा जेठी बहिनी दुर्गादेवीले कान्छी बहिनी सुर्मादेवीलाई लसुन पिस्न आग्रह गरिन् ।

सुर्मादेवीले नाकथुनेर लसुन पिस्न थालेपछि दुर्गादेवीले वचन लगाउँदै (तेत्तिकी छिपीली भया सरोवर बस्) भन्दा सहन गर्न नसकी सुर्मादेवीले (थार) भनिने जनावरको भेषमा बुडखोरीमा रहेको सुर्मा मन्दिरमा गएर बसेको मानिन्छ ।

जंगली जनावरको भेषमा रहेकी सर्मा देवीले खोरी र घट्टे गाउँका बासिन्दाले घाममा सुकाउदै गरेको अन्न बाली बिस्कुन चोरेर खान थालिन् ।

सर्मादेवीले दिनहुँ बिस्कुन खानथालेपछि खोरी घट्टे गाउँकि महिलाहरूले श्रीमानलाई सिकार गर्न भनिन् । त्यसपछि पुरुषले तिखा हतियार भालाले थारलाई लखेट्दै जाँदा अन्तमा सुर्मा सरोवर तालमा पुगेर सुर्मा देवीको औंतार भएको भन्ने जनविश्वास रहेको छ ।

साउन महिनाको औंसीका दिन सुर्मा देवीका आलिपालिका गाउँका सबै करियाहरू धामीझाँक्री नाइक जाग्री पुजारी सुर्मा देवीको मन्दिरमा जाने गर्दछन् । मन्दिरमा गएर पूजापाठ गर्ने धामीझाँक्री काप्ने परम्परागत चलन रहेको छ । मन्दिरमा गइ पूजा आराधना गरिसकेपछि बाँधा अर्थात जात्रा ,मेला शुरु भएको मान्ने प्रचलन रहेको छबिस पाथिभेरा गाउँपालिका ७ घट्टेका सुर्मा देवीका पुजारी हाँसे मण्डेलले बताए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise