२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

चौरचन पर्व मनाइयो

shivam cement
मनु यादव निरज
२०८२ भदौ १० गते २०:२६
चौरचन पर्व मनाइयो

सिरहा : तिथिको समयमा हेरफेर भएपछि हरितालिका तिज र चौरचन पर्व एकैदिन मनाइएको छ । मिथिला क्षेत्रमा खासगरी मधेशी समुदायमा यो पर्वलाई विशेष महत्वका साथ विधिपूर्वक ब्रत बसी मनाउने गरिन्छ । चौरचन पर्वमा महिलाहरु दिनभर उपवासमा बसेर साँझपख गणेश रचन्द्रमाको पूजा गरेर विधिवत् रूपमा पर्व सम्पन्न गर्छन् ।

भाद्र शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाएको आँगनमा माझको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै घरमुली ब्रातलुले फलफूल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर चौरचन चढाएर चन्द्रमाको दर्शन गर्ने प्रचलन रहेको छ । चन्द्रमाको दर्शन गरेपछि परिवारका सबै सदस्य एकैठाउँमा बसेर फलफूल, मिठाई, दही, पुरी, खीरलगायत खानेकुरा खाने गरिन्छ ।

ADV

सम्बन्धित खबर

Advertise