२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

shivam cement
कृष्ण तिवारी
२०८२ भदौ ११ गते १८:३७
रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

रौतहट : रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ । रौतहट प्रहरीले आरोपी पासवानलाई बुधबार बिहान शरीरमा आगो लागेको अवस्थामा फेला पारेर उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाएको थियो । 

उपचारका क्रममा बुधबार अपराह्न पासवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले मध्यान्ह दैनिकलाई जानकारी दिए ।

हत्याका आरोपी रौतहटको माधवनारायण नगरपालिका-६ माधवपुरका पासवान बिसुनपरवा-मानपुर सडकमा जलेर घाइते भएको अवस्थामा फेला परेका थिए ।

आफूलाई आगो लगाउनुअघि पासवानको एक भिडियो पनि सार्वजनिक भएको थियो । उनले रूबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए । 'मैले नै हत्या गरेको हुँ भनेका छन्,’ रौतहट प्रहरीले भनेको थियो ।

शरीरका विभिन्न भाग जले पनि पासवान बुधबार बिहानसम्म बोल्न सक्ने अवस्थामा थिए । गत शनिबार राति साढे ९ बजे रौतहटको गौर नगरपालिका-९ गौर-सिरसिया सडकखण्डअन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा शंकास्पद सुटकेश फेला परेको थियो । भोलिपल्ट सुटकेश खोलेर हेर्दा रौतहटको माधवनारायण नगरपालिका-६ माधवपुर माइती भएकी २६ वर्षीया रूवीकुमारी साहको शव फेला परेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise