२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

रुबी हत्या प्रकरणका आरोपी शरीर जलेको अवस्थामा भेटिए

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ भदौ ११ गते ११:४३
रुबी हत्या प्रकरणका आरोपी शरीर जलेको अवस्थामा भेटिए

रौतहट : रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्षमण पासवान पक्राउ परेका छन् l शरीर जल्दै गरेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको हो ।

बुधबार बिहान करिब ८ बजे माधवनारायण नगरपालिकाको बिसुनापुरवा- मानपुर जाने बाटोतर्फ एक फूलबारीमा जलेर घाइते भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गौरका नायब प्रहरी उपरीक्षक राजु कार्कीले बताए l 

पासवानले आत्महत्या गर्ने प्रयास गरेको बुझिएको छ l उनको गरुडाको बेटर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ l 

उनले आत्महत्या प्रयास गर्नुअघि करिब ९ मिनेट लामो भिडियो सन्देश पनि दिएका थिए l उनले सो भिडियोमा आफू यस्तो अवस्थामा बाँच्न नसक्ने भन्दै मर्न लागेको बताएका थिए l 

गत शनिबार साँझ गौर मुडेलावा सडकखण्डमा एक सुटकेसभित्र रुबी साहको शव भेटिएको थियो l घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise