२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

शुक्रबारबाट भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स’ प्रदर्शनी

shivam cement
२०८२ भदौ ११ गते २०:४६
Shares
शुक्रबारबाट भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स’ प्रदर्शनी

काठमाडौं : शुक्रबारबाट भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ । मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेर एन्ड इवेंट्स, तथा एक्जीबीसन एंड ट्रेड सर्विसेस इन्डियाको संयुक्त आयोजनामा भदौ १३ गतेदेखि १५ गतेसम्म नेपाल इलेक्ट्रिक पावर एन्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लाइन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण आयोजना हुने भएको हो ।

सो प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल विद्युत् प्राधिकरण तथा नेपाल सौर्य विद्युत् उत्पादक संघ रहेका छन् । सो प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका १ सयभन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । सो प्रदर्शनीमा नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस्, हाउस वायरिङका सामग्री, तार, केबुल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विच, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणलगायतका सामग्री रहनेछन् ।

आयोजकका अनुसार विभिन्न विद्युतीय माध्यमको प्रयोगमा वृद्धि गरी विद्युत्को खपतमा वृद्धि गर्दै देशलाई आर्थिक रूपमा सबलीकरण गर्ने एवं ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्धनमा टेवा पुर्‍याउने उद्देश्यले सो प्रदर्शनी आयोजना गरिएको हो ।

ताजा खबर

सम्बन्धित खबर