काठमाडौं : मुक्तिनाथ विकास बैंकले नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका–४ चिलिमे टावरमा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।
बैंकको शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले गरेका थिए । यसअघि जमलमा सञ्चालनमा रहेको शाखालाई स्थानान्तरण गरी सुरु गरिएको यस शाखाबाट अब आधुनिक र सहज वित्तीय सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।
समारोहमा कार्यकारी निर्देशक पौडेलले मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्रशंसा गर्दै जोखिम व्यवस्थापनमा पनि सजग रहन सुझाव दिए । त्यस्तै, बैंकका सञ्चालक उमेश आचार्यले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र भविष्यका योजना प्रस्तुत गरेका थिए ।