२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

सिरहासहित मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो वट सावित्री पर्व

Nada
मनु यादव निरज
२०८३ जेठ २ गते १२:५०
Shares
सिरहासहित मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो वट सावित्री पर्व

सिरहा : सिरहा सहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा श्रद्धा र उल्लासका साथ वट सावित्री पर्व मनाइएको छ। विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु, सुख–समृद्धि तथा सुखद दाम्पत्य जीवनको कामना गर्दै दिनभर व्रत बसेर पूजा आराधना गरेका छन् ।

ncell

जेठ महिनाको औँसीका दिन मनाइने यस पर्वमा महिलाहरू परम्परागत पहिरनमा सजिएर वर तथा पिपलको रुखमुनि भेला भई सामूहिक पूजा गर्ने चलन रहेको छ । पूजा क्रममा पान, सुपारी, फलफूल, धुप–दियो लगायतका सामग्री चढाइँदै वर र पिपलको रुखमा रातो तथा पहेँलो धागो बेर्ने गरिन्छ ।

मिथिला संस्कृतिमा ‘वसराइत पावइन’ नामले समेत परिचित यो पर्व सती सावित्री र सत्यवानसँग जोडिएको धार्मिक विश्वासमा आधारित छ । धार्मिक कथाअनुसार सावित्रीले आफ्नो अटल प्रेम, व्रत र भक्तिका बलमा यमराजबाट पति सत्यवानको प्राण फिर्ता ल्याएकी थिइन् । त्यसैको सम्झनामा यो पर्व मनाउने परम्परा रहिआएको जनविश्वास छ ।

आजको दिन महिलाहरूले ब्राह्मण पुरोहितलाई भोजन तथा दक्षिणा दिई परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै विशेष पूजा गर्ने गर्दछन् ।

सम्बन्धित खबर