२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

छोटी भन्सार पुनर्स्थापनाको माग गर्दै सिरहामा राजमार्ग अवरुद्ध

Nada
मनु यादव निरज
२०८३ जेठ ११ गते १५:३६
Shares
छोटी भन्सार पुनर्स्थापनाको माग गर्दै सिरहामा राजमार्ग अवरुद्ध

सिरहा : बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय पुनर्स्थापनाको माग गर्दै स्थानीयवासीले सोमबार पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन् ।

ncell

तीन सातादेखि जारी आन्दोलनप्रति सरकारको ध्यान नपुगेको भन्दै आन्दोलनकारी जिरोमाइल क्षेत्रमा भेला भई टायर बालेर प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनका कारण राजमार्ग एक घण्टाभन्दा बढी समय अवरुद्ध भएको थियो ।

प्रदर्शनका क्रममा सरकार र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिएको थियो । सम्भावित अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीलाई ठुलो संख्यामा परिचालन गरिएको थियो ।

कोणसभामा बोल्दै सन्तोष साहले भन्सार कार्यालय बन्द हुँदा स्थानीय व्यापार, साना व्यवसायी र उपभोक्तामा प्रत्यक्ष असर परेको बताए । उनका अनुसार भन्सार बन्द भएपछि दैनिक उपभोग्य सामग्रीको ढुवानी खर्च बढेको र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

प्रदर्शनमा नेपाली कांग्रेसका नेता रामचन्द्र यादव, हरिनारायण चौधरी, औरही गाउँपालिका अध्यक्ष शिवजी यादव, बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष महतो, संगीता चौधरीलगायत विभिन्न दलका नेता तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । त्यसयता स्थानीयवासीले चरणबद्ध आन्दोलन जारी राख्दै आएका छन् ।

सम्बन्धित खबर