२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्छ : अध्यक्ष नेपाल

Nada
लेखनाथ सिकारु
२०८१ साउन २४ गते ११:४०
Shares
हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्  ।

ncell

अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय हवाई दुर्घटना बढ्दै गइरहेकोले नेपालको हवाई आकाश सुरक्षित छैन भन्ने सन्देश प्रवाह भएकोमा चिन्ता व्यक्त गर्दै एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्य चौरमा बुधबार दिउँसो भएको दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको विमान दुर्घटनामा दिवंगत पाइलट अरुण मल्ल र चिनियाँ नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष नेपालले शोक सन्तप्त परिवारजन र चीन सरकारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

नेपालमा पछिल्लो समय हिमाली दृश्यावलोकन, ढुवानी र उद्धारका लागि हेलिकप्टरको प्रयोग बढ्दो रहेको बताउँदै उनले उच्च पहाडी भूभागको मौसम पूर्वानुमानका लागि पर्याप्त पूर्वाधार र स्रोतको अभावले उडान चुनौतीपूर्ण हुने गरेकोमा चिन्ता व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले दुर्घटनाको वास्तविक कारण यथासम्भव पत्ता लगाउन, दुर्घटनाको जोखिम कम गर्न तथा नेपाली हवाई आकाशलाई सुरक्षित बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । सो विमान दुर्घटना हुँदा पाइलट मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

सम्बन्धित खबर