२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

‘विद्यालय तहदेखि नै सहकारी शिक्षा आवश्यक’

draupadi film
राजकुमार के.सी.
२०८१ साउन २४ गते २१:१८
‘विद्यालय तहदेखि नै सहकारी शिक्षा आवश्यक’

मकवानपुर : राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्री प्रसाद लम्सालले विद्यालय तहदेखि नै सहकारी शिक्षाको आवश्यक रहेको बताएका छन् । 

हेटौंडा उपमहानगरपालिका वडा नं. २ मा मुख्य कार्यालय रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाको २७ औं स्थापना दिवसको अवसरमा मकवानपुर जिल्लास्तरीय माध्यमिक तह वक्तृत्वकला प्रतियोगिता उनले राष्ट्रको आर्थिक समृद्धिमा सहकारी संघसंस्थाको महत्वपूर्ण भूमिका रहेको बताए ।
सहकारी संस्थाका अध्यक्ष मिठाराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक अर्पण पराजुलीले सञ्चालन र उपाध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । 

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर अध्यक्ष एवम् प्रतियोगिताकी निर्णायक संयोजक कल्पना श्रेष्ठ, हातेमाले बचत तथा ऋण सहकारी संस्था हेटौंडाका अध्यक्ष हरिप्रसाद पौडेल, राष्ट्रिय सहकारी बंैक बागमती प्रदेश कार्यालय प्रमुख रामेश्वर अर्याल, साहित्य संगम मकवानपुरका अध्यक्ष डि.बि. बर्तौला, सचिव मनोज पोखरेल, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाका इञ्चार्ज बिदुर खड्का, निर्णायकहरु सुवास खनाल, विश्वनाथ सञ्जेल, लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा हेटौंडाको जेनिथ ईङ्लिस बोर्डिङ स्कुलकी छात्रा कुसुम खड्का प्रथम भएकी छिन् । यस्तै बालजागृति इङ्लिस बोर्डिङ स्कुलकी छात्रा देविना सञ्जेल, हेटौंडा क्याम्पसकी छात्रा सुशिला तामाङ र भुटनदेवी माविका छात्र सिद्धान्त फुयाल क्रमशः द्वितीय, तृतीय र सान्त्वना भएका थिए ।

‘आर्थिक समृद्धिमा सहकारीको भूमिका’ विषयक प्रतियोगितामा जिल्लास्थित विभिन्न विद्यालयका २७ छात्रा र ११ छात्र गरी ३८ जना सहभागि भएका थिए ।

साहित्य संगम मकवानपुरको व्यवस्थापनमा भएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, सान्त्वना स्थान हासिल गर्नेलाई छात्रवृत्ति स्वरुप क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार, १ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सहकारी संस्थाले हरेक वर्ष साउन २४ गते स्थापना दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा यो वर्ष माध्यमिक तह विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको संस्थाका व्यवस्थापक बद्रीप्रसाद भण्डारीले बताए ।

सहकारी संस्थाको मुख्य कार्यालयसहित एक सेवा केन्द्रमार्फत हेटौंडा उपमहानगरपालिकासहित बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिका कार्यक्षेत्रमा २ हजार ५ सय ९२ जना सदस्यहरु माझ सहकारी गतिविधि सञ्चालन गर्दै आएको छ । संस्थामा ४ महिला र २ जना पुरुष सहित ६ जना कर्मचारी सेवारत छन् ।

ADV

सम्बन्धित खबर

Advertise