२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

चन्द्रनिगाहपुर अस्पतालमा आधुनिक एक्सरे तथा भिडियो एक्सरे सेवा शुरु

ADV
मनोज साह
२०८१ साउन २५ गते १८:४५
चन्द्रनिगाहपुर अस्पतालमा आधुनिक एक्सरे तथा भिडियो एक्सरे सेवा शुरु

रौतहट : रौतहटको उत्तरी भेगमा रहेको सरकारी अस्पताल चन्द्रनिगाहपुर अस्पतालमा आधुनिक एक्सरे तथा भिडियो एक्सरे सेवा सञ्चालनमा आएको छ । एक्सरे सेवासँगै सो अस्पतालमा पिआर सिस्टम, हेमाइटोलोजी ५ पार्ट कुल्टर मेसिन पनि जडान भएर सञ्चालनमा आएको छ ।  

यसअघि यी सेवा लिन महँगो शुल्क तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको भन्दै स्थानीय हर्षित भएका छन् । नगर प्रमुख सञ्जय काफ्लेले शुक्रबार सो सेवाको शुभारम्भ गरे ।

नगर प्रमुख काफ्लेले आफू निर्वाचित भएर आएदेखि नगरको स्वास्थ्य र शिक्षाको विकासका लागि योजना बनाएर गम्भीररुपमा लागिपरेको स्मरण गर्दै आधुनिक प्रविधिका मेसिन उपलब्ध भएसंँगै नागरिकहरुले आफ्नै गाउँठाउँमा सहज सुविधा पाउँदा निकै राहत हुने विश्वास व्यक्त गरे ।

उनले सो अस्पताललाई आवश्यक अन्य उपकरण र प्रविधिहरु पनि नगरपालिकाले क्रमैसँग थप्दै जाने योजना रहेको भन्दै नगरभरि रहेका सरकारी स्वास्थ्य संस्थाहरुको सेवा सुविधा बढाउन आफूहरुले काम गरिरहेको बताए । 

पाँच सय एमएको एक्सरे मेसिन मल्टिफंक्सनल युएजी (भिडियो एक्सरे मेशिन) सञ्चालनमा आएपछि अस्पतालमा आउने बिरामीहरुको रोग पहिचान र उपचारमा सहज हुने चन्द्रनिगाहपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर अभिनन्दन श्रीवास्तवले बताए । बिरामीको सबै प्रकारको एक्सरे गर्न सकिने र हेमाइटोलोजी ५ पार्ट कुल्टर मेसिनद्वारा हेमाटोलोजीका सबै परीक्षणकाहरुका साथै सिबीसीहरु छिटो गर्न सकिने उनले जानकारी दिए ।

यसअघि अस्पतालमा भएको पोर्टेबल एक्सरे मेसिनबाट दिनमा दश जना मात्र बिरामीको एक्सरे हुँदै आएको थियो । सो अस्पतालमा दुई जना बालविशेषज्ञ डाक्टरसहित ६ जना चिकित्सहरुले सेवा प्रदान गर्दै आएका छन् । सो अस्पतालमा उपचारका लागि चन्द्रपुर नगरपालिकालगायत जिल्लाका अन्य पालिका एवम् छिमेकी जिल्लाहरुबाट पनि बिरामीहरु आउने गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise