२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

आध्यात्मिक जागृतिद्वारा विश्व नव निर्माण क्षेत्रीय शुभारम्भ समारोह सम्पन्न

Nada
महमद सदाब
२०८३ जेठ ३० गते ११:३८
Shares
आध्यात्मिक जागृतिद्वारा विश्व नव निर्माण क्षेत्रीय शुभारम्भ समारोह सम्पन्न

वीरगञ्ज : ब्रह्माकुमारी राजयोग केन्द्रद्वारा आयोजित “आध्यात्मिक जागृतिद्वारा विश्व नव निर्माण क्षेत्रीय शुभारम्भ समारोह” वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

ncell

समारोहलाई सम्बोधन गर्दै उपप्रमुख आलमले ब्रह्माकुमारी राजयोग केन्द्रले समाजमा आध्यात्मिक चेतना अभिवृद्धि तथा नैतिक मूल्यको विकासका लागि गर्दै आएका कार्यहरू अत्यन्तै प्रशंसनीय रहेको बताए । उनले राजयोगले मानिसलाई आफ्नो कर्तव्यप्रति जिम्मेवार बनाउनुका साथै आपसी सद्भाव, सहयोग र सहकार्यको भावनालाई मजबुत बनाउने उल्लेख गरे ।

उपप्रमुख आलमले आध्यात्मिक शिक्षाले समाजमा शान्ति, अनुशासन र सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले विश्व मानव समुदायलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने धारणा राखे ।

उनले वीरगञ्ज महानगरपालिकाको तर्फबाट ब्रह्माकुमारी राजयोग केन्द्रका सामाजिक तथा आध्यात्मिक गतिविधिहरूमा आवश्यक पर्ने हरेक प्रकारको सहयोग गर्न महानगरपालिका प्रतिबद्ध रहेको समेत बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी, धार्मिक अगुवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले आध्यात्मिक जागृतिमार्फत सकारात्मक समाज निर्माण र विश्व शान्तिको सन्देश प्रवाह गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर