२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

वीरगन्जमा सरसफाइकर्मी आन्दोलित, समस्या समाधानका लागि का.वा. महानगर प्रमुख आलमको निर्देशन

Nada
महमद सदाब
२०८३ असार १४ गते १५:३८
Shares
वीरगन्जमा सरसफाइकर्मी आन्दोलित, समस्या समाधानका लागि का.वा. महानगर प्रमुख आलमको निर्देशन

वीरगन्ज : वीरगन्ज महानगरपालिकामा सरसफाइ सेवाको जिम्मा लिएको ठेकेदार कम्पनीका सरसफाइ कर्मीहरूले तलब वृद्धि लगायतका विभिन्न माग अघि सार्दै आइतबारदेखि आन्दोलन सुरु गरेका छन् ।

ncell

आन्दोलनका क्रममा सरसफाइ कर्मीहरूले वीरगन्जको घण्टाघर चोक तथा महानगरपालिकाको मूल गेट अगाडि फोहोर थुपारेर विरोध प्रदर्शन गरेका हुन् । आन्दोलनका कारण केही समय सरसफाइ व्यवस्थापन प्रभावित भएको छ ।

घटनालाई गम्भीर रूपमा लिँदै वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले सरसफाइ ठेक्का लिएको कम्पनीका सञ्चालक शिव गुप्तालाई सरसफाइ कर्मीका जायज मागबारे तत्काल छलफल गरी छिटो समाधानको पहल गर्न निर्देशन दिएका छन् ।

कार्यवाहक नगर प्रमुख आलमले आन्दोलनका कारण नगरवासीले अनावश्यक सास्ती भोग्न नपरोस् र नियमित सरसफाइ सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले महानगरपालिकाले आवश्यक समन्वय र पहल गरिरहेको बताएका छन् ।

महानगरपालिकाले सरसफाइ सेवा अवरुद्ध हुन नदिन आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता समेत जनाएको छ । साथै, सम्बन्धित पक्षसँग वार्ता र समन्वयमार्फत सरसफाइ कर्मीका मागको शीघ्र समाधान खोजिने महानगरको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर